अध्यादेश जारी गर्न राष्ट्रपतिलाई कांग्रेसको दवाव

पुस, ११ काठमाडौं—एमालेले अध्यादेशमा प्रस्तावित एकल संक्रमणीय मतप्रणालीको विरोध गरेको छ । साथै अध्यादेश प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई आग्रह गरेकोछ । त्यस्तै, वाम गठबन्धनको माओवादी केन्द्रले चाहि मध्यमार्गी मतको माग गर्दै समहमतिमा जोड दिएकोछ ।
यि विभन्न कारणले गर्दा राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश विवाद तुरुन्तै समाधान नहुने संकेत देखिन्छ । यता राष्ट्रपति विद्यादेवी भण्डारीले पनि अध्यादेश प्रमाणीकरण एवं फिर्ता गरेकी छैनन् । तर, कांग्रेसले भने राष्ट्रपति समक्ष अध्यादेश जारी गर्न दवाव दिइरेकोछ ।