मनै रुवाउने भुटानी शरणार्थीको कथामा आधारित नाटक ‘हरियो ढुङ्गा’

प्रकृती दाहाल

काठमाडौ— ‘हरेक आवेदन भर्छुु ,जन्ममिति लेख्छु नाम लेख्छु थर सबै लेख्छु जब राष्ट्रियतको कुरा आउछ तब म अलमलमा हुन्छु किनकि मसंग कुनै राष्ट्रिय पहिचान छैन । म नेपालमा जन्मिएर पनि भुटानी शरणार्थी हु ।’


यि संवाद हुुन नाटक हरियो ढुङाको उपेन्द्र सुब्बा को लेखन र सुनिल पोखरेल को निर्देशन रहेको नाटक हरियो ढुङा यतिबेला बतिसपुतली शिल्पीथिएटरमा मञ्चन भइरहेको छ । उपेन्द्र सुब्बाले फिल्म सुटिङको क्रममा सुनेको कथालाई यहाँ नाटकमा उतारेका हुन ।


नाटकमा नेपालमा बसोबास गर्दै आएका भुुटानी शरणर्थीहरुको कथालाई समेटिएको छ । भुटान जहा आफनो पुख्यौली सम्पति देखि लिएर आफुु जन्मिएको हुर्किएको माटोलाइ छाडेर केवल सम्झना मात्र लिएर नेपालमा बसोवास गर्दै आएका शरणर्थीहरुले जीवन जीवनको   लागि गरिएको संघर्षलाई देखाउन खोजिएको छ ।
नाटकमा शरणार्थीहरुको न त बस्ने ठाँउ छ , न त जीवन जिउने बलियो आधार नै गिटी कुटेर उनिहरुको दैनिकी चलिरहेको हुन्छ । वाढी पहिरोले उनीहरुको गिटी संगैसंगै मेहनत नि वगाइदिएको हुन्छ ।

कथाको मध्यभागमा कथाका पात्र निचुलेले गिटी कुुट्ने क्रममा एक हरियो ढुङा भेटाउछ र श्रीमतीलाइ दिन्छ । एक हिराको रुप पाएको उक्त ढुङा बेचेर निचुलेकी श्रीमती बिलासी जिवन बिताउन खोज्छिन ।

नाटकको अर्को पाटोमा आफन्त नै चेलिवेटी बेचबिखनमा संम्लग्न हुन्छन र सम्पतिको सही सदुपयोग नर्गनाले जिवन असहज हुने कुरा देखाइएको छ ।
नाटक हेर्दै जादा भुटानी शरणर्थीहरुलाई अमेरिका,  अष्ट्रेलिया जस्ता राष्ट्रहरुमा जानका लागि सहज हुने कुरा बुझन सकिन्छ ।
नाटकमा केहि ब्यङगात्मक केहि भावुक केहि अश्लिल दृश्यहरु देख्न सकिन्छ ।
कलाकारहरु बिपिन कार्की, सुनिशा बजगाँई, आभाष अधिकारी, अनिल सुब्बा, मौसम खड्का, राज न्यौपाने, अर्जुन सिवाकोटी, दीपेन्द्र शाही, सुुरज तमुु, कुसुम गुुरुङ, सुुमित तामाङ,प्रभात बास्कोटा, अर्जुन थापा, कृतिका भटराई, रुपेश लामा, शै भाग्य सिंह, दर्शन श्रेष्ठ, नविनचन्द्रअर्याल, शिशिर थापा, राजीव जोशी, महेशमान श्रेष्ठ लगायतको मन छुने अभिनय देख्न सकिन्छ । नाटक पौष २२ गते सम्म मञ्चन हुनेछ ।