के के कुरा भयो एमाले अध्यक्ष ओली र भारतीय प्रधानमन्त्री मोदीबीच ? (प्रेस वक्तव्यसहित)

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ ।

प्रधानमन्त्री मोदीले अध्यक्ष ओलीलाई टेलिफोन गर्दै नेपालमा तीनवटै निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेको र निर्वाचनमा वाम गठबन्धनको ठूलो सफलताका लागि अध्यक्ष ओलीलाई वधाइ तथा शुभकामना दिनुका साथै नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम हुने र आर्थिक विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकार गठन लगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू उहाँलाई स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिक्षारत रहेको मोदीले बताएको एमाले सचिवालय सचिव प्रदिप ज्ञावालीले जारी गरेको प्रेस विज्ञेप्तीमा उल्लेख छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले मन्त्रालयमा आज आयोजित प्रेस बिफ्रिङको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवासंग टेलीफोन संवाद भएको जानकारी गराएका छन ।

यस्तो छ विज्ञप्तीको पूर्णपाठ