किर्तेमा तानिए सिलवाल, कारवाही चलाउन महान्यायधिवक्ताको अनुमति

पुस ६, काठमाडौं – कार्यसम्पादनमा आफु पहिले नम्बरमा रहेको दावी गर्दै सर्वोच्च अदालतमा पेस भएको नेपाल प्रहरीका पुर्वडिआईजी नवराज सिलवालको कार्यसम्पादन मुल्यांकन पाराम किर्ते गर्न संलग्न ब्यक्तिको खोजी गर्न प्रहरीले जाहेरी दर्ता गरेको छ ।

सर्वोच्च अदालतको आदेश र प्रहरी प्रधान कार्यलयको पत्रअनुसार महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार जाहेरी दर्ता गरेको हो ।

कारवाही चलाउन महान्यायाधिवक्ताको अनुमति

महान्यायधिवक्ता वसन्तराम भण्डारीले सर्वोच्च अदालतको आदेशसबमोजि पुर्वडिआईजी नजराज सिलवालमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।

प्रहरी महानिीक्षकमा बढुवा नभएपछि सेवा छाडेर राजनीतिमा आएका सिलवाल ललितपुर क्षेत्र नं १ बाट एमालेको टिकटमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।, यो खबर आजको नागरिकमा छ ।