एसईई चैत ८ गतेदेखि: शनिबार पनि परीक्षा

 

पुस ६, काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको एसईई परीक्षा चैत ८ गतेदेखि गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले उत्त, निर्णय गरेको हो । आजकोनेपाल समाचारपत्रमा खबर छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले गत बर्षकै प्रयाालीका आधारमा परीक्षा सञ्चालन हुने जानकारी दिए ।

एक्जाम्टेडको पुरानो र रेगुलरको नयाँ पाठ्यक्रमको आधारमा परीक्षा हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए ।

पनिकाले यो बर्ष शनिबार पनि परीक्षा सञ्चालन गर्ने जनाएको छ ।