ज्योति मगर भन्छिन्, ‘जसले गाली गर्छन उही मेरा फ्यान छन् ’

 

काठमाडौं(इमेलखबर)—ज्योति मगर अहिलेकी हट गायिका एवं मोडल हुन् । उनको स्वरको भन्दा बढि उनले लगाउने ड्रेसको चर्चा धेरै चल्छ । अलि छाडा प्रवृत्ति भएको भनेर आरोप लगाउने थुप्रै छन् । र साथै माया गर्ने पनि छन् । ज्योति भने दुवै दर्शकमा समान विचार राख्छिन् । उनी बारम्बार विभिन्न सामाजिक अन्र्तवातामा आफुले गरेको काम कुनै पनि तरिकाले गलत नगरेको बताउछिन् ।


समय अनुसार प्रस्तुतीमा परिवर्तन ल्याउन स्वाभीक रहेको हो । र यसलाई हेर्ने दर्शकको विचार फरक मात्रै भएको उनको तर्क छ । ज्योतिलाई बेला बखत लोक गीतलाई भल्गर बनाएको भन्ने आरोप समेत लाग्छ । उनी भने यो आरोपलाई सकरात्मक लिने गर्छिन् । उनले आमसंचार माध्यममा भन्ने गरेकी छन्, ‘मलाई लाग्दैन मैले लोक गीत विगारे भनेर ।’ उनी समाजले यर्थाथ कुरा पचाउन मात्रत्रे नसकेको भनेर तर्क दिन्छिन् । ज्योति मगर जसले कुरा काटेका छन् उनीहरुनै मेरा फ्यान भएको बताउछिन् । उनी आफ्नो कला, शैली निरन्तर पस्कीन छाडेकी छैनन् ।