कण्डमको बिज्ञापनमा रोक लगाउदा राखी चिन्तित

(एजेन्सी) —सूचना एवं प्रसारण मन्त्रालयद्वारा दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारण गर्न रोक लगाउने गाइड लाइन सार्वजनिक गरिएपछि राखी सावन्त चिन्तित भएकी छन । राखी छिट्टै एक कन्डमको विज्ञापनमा देखिने भएकी छन । राखीका फयानहरु उलाई नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए तर अब बिहान ६ बजेदेखि राति १० बजेसम्म यस्ता विज्ञापन प्रसारणमा रोक लाग्ने भएको छ ।

राखीभन्दा पहिले सन्नी लियोन, बिपाशा वसु, करण सिंह ग्रोवर र रणवीर सिंहजस्ता कलाकार कन्डमको विज्ञापनमा देखिँदै आएका थिए । राखी भन्छिन्, ‘समाजमा यौन सुुरक्षा र अनपेक्षित गर्भ रोक्न धेरैभन्दा धेरै कन्डमको विज्ञापन देखाउनुपर्छ। यसबाट सर्वसाधारणलाई यसको प्रयोग र उपयोगितबारे जानकारी हुन्छ। एड्सको संक्रमणबाट बच्न सकिन्छ । म समाजको भलाइका लागि कन्डमको विज्ञापनमा काम गर्दैछु।’

उनले भनिन ‘सरकारले सन्नी लियोन र बिपाशा वसुको कन्डमको विज्ञापनमा त रोक लगाएको थिएन । तर, जब मैले कन्डमको विज्ञापन खेलेको थाहा पाएँ अनि यसको विज्ञापन प्रसारणमा बन्देज लगाउन थालियो। के सरकार मसँग डराएको हो? हेर्दै नहेरी मैले खेलेको विज्ञापनसँग किन दुस्मनी ? के यस्ता विज्ञापनमा रोक लगाएर सरकार दिउँसो कसैलाई यौनसम्बन्ध राख्न पनि रोक्न सक्छ? ’

‘भारतमा कन्डमको विज्ञापन रोक लगाउँदा एड्सको खतरा बढ्छ । युवाले कन्डमबिना यौनसम्बन्ध राख्नेछन् । मलाई त यस्तो लाग्न थालेको छ कि सरकार नै एड्स लागोस् भन्ने चाहन्छ । जबसम्म बच्चाले यस्ता विज्ञापन हेर्दैनन् तबसम्म उनीहरू कसरी सुरक्षित यौनसम्बन्ध राख्न सक्छन्।’