बजाजको मोटरसाइकल अब नेपालमै पाइने

काठमाडौं(इमेलखबर)—मोटरसाइकल अब नेपालमै पाइने भएकोछ । नवलपरासीस्थित मोटरसाइकल प्लान्टबाट उत्पादन गर्न थालिएको हो । रामग्रामस्थित प्लान्टबाट १ सय २५ सिसी डिस्कभरको उत्पादन हुन थालेको हो ।
गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छाका अनुसार अहिले प्लान्टबाट दैनिक ३० वटा बाइक उत्पादन भएको जानकारी दिएका छन् । उनले यस लगत्तै १ सय ५० सिसीको पल्सर र प्लाटिना मोटरसाईकल उत्पादन गर्ने बताए । नेपाल सरकारले सहुलियत नदिएका कारण नेपालमै उत्पादन भएपनि मुल्य चाहि नघटेको गोल्छा बताउछन् ।