नायिका केकी अधिकारी भन्छिन्, ‘अझै बच्चै छु’

काठमाडौं—नायिका केकी अधिकारीले हालै मात्रै जन्मदिन मनाएकी छन् । फिल्मी क्षेत्रमा उनलाई क्युट अभिनेत्री भनेर संवोधन गर्ने गर्छन् । भर्खरै २८ पुरा पगेर २९ टेकेकी केकीले आइतबार जन्मदीन मनाउदा बाल्यकालका क्षणहरु अत्यन्त स्मरणीय रहेको बताउछिन् । उनले सानैमा वैज्ञानिक जस्तो गुण रहेको बताइन् । केराउ नाकमा अड्कीयो भने के हुन्छ ? उनले यसको अभ्यास सानैमा गरेको सुनाइन् ।
ख्याल ख्यालैमा नाकमा राखेर एक्सपेरिमेन्टल लिएको उनले सुनाइन् । जसले गर्दा अस्पतालमा जानु परेको समेत घटना उनले सुनाइन् । आफ्नो बाल्यकाल होस्टेलमा बितेको र त्यहा बस्दा घरको फिल कहिल्यै नआएको बताउछिन् । बुबा प्रिन्सीपल हुनुहुन्थ्यो । एकदमै अनुशासीत हुनु पर्ने उनले बताइन् । म्याथम्याटिक्स उनको मन पर्ने विषय भएको सुनाइन् । बुबा रंगकर्ममा बिताएको हुदा बंशाणुगत स्वाभाव ममा थियो जस्तो लाग्थ्यो । तर, अभिनेत्री नै बन्छु भन्ने सोच थिएन् । तर, उनी आफ्नो जिन्दगीदेखि अत्यन्त खुसि भएको सुनाइन् ।