पत्रकार डिबी खड्काको रचनामा प्रमोद खरेलले गाए पहिलोपल्ट देउडा गीत (हेर्नु भिडियो)

काठमाडौं  -प्रमोद खरेल सुगम संगीतमा लोकप्रिय नाम हो । सयाैँ चर्चित गीतमा स्वर दिएका खरेलले पहिलोपल्ट गायिका अनिता चलाउनेसँग देउडा गीत गाएका छन् ।

पत्रकार डिबी खड्काको रचना र विनोद बाजुरालीको संगीत रहेको ‘देउडा खेल्छु चट्टै’ गीतको म्युजिक भिडियो शुक्रबार रिलिज भएको छ ।

म्युजिक भिडियोमा शंकर बिसी र अञ्जली अधिकारीको अभिनय रहेको छ । बिसीले नै निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् ।

हेर्नुस भिडियो