अनुष्का र विराट बांधिए विवाह बन्धनमा :  हेरौ रोचक तस्वीर र भिडियो

एजेन्सी—बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले एक साथ जीवन जीउने विवाह जस्तो बन्धनमा बाधिएका छन् । उनीहरुको प्रेममा परेको चर्चा र परिचर्चा बिच विवाहको रुप लिएको हो । सोमबार इटालिको टस्कनीमा उनीहरुले लगन गाठो कसेका हुन् ।
विहेपछि भारतमा आएर वेडिङ रिसेप्सन दिएका अनुष्का विराट जोडीले आ—आफ्नो करिअर भने निरन्तर जारी राख्ने देखिन्छ । आमसंचारमा अन्र्तवाता दिएको क्रममा उनीहरुको करिअर योजना थुप्रै छन् । जसमा अनुष्का फिल्म परीको प्रमोसनमा व्यस्त हुनछिन् भने यता विराट टेस्ट सेरिज खेल्न साउथ अफ्रिका जादैछन् । अनुष्का बिराट भन्दा ६ महिनाले जेठी छन् ।
रमाइलो के छ भने उनीहरुको प्रेम भएको कि नभएको दोधार र चर्चा बिच नै विवाह भयो । विवाह पछि अभिनेत्रीको करिअर पुर्ण विराम लाग्ने गर्छ । अनुष्काको सन्र्दभमा भने यस्तो चुनौति कमै आउने अनुमान लगाउन सकिन्छ । उनी सफल अभिनेत्री हुन् नै त्यसमा पनि उनका पति विराटको उचाईले थप बलिउडमा अनुष्कालाई सहयोग पुग्न सक्छ ।