बीनाको सफलता : प्रदेश नम्बर ७ की उनी एक्ली सांसद्

मंसिर २७, कञ्चनपुर—बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाम गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र) बाट बीना भारी मतले विजयी भएकी हुन् । बिनाले यो सफलता पाउनुमा दशवर्षे जनयुद्धदेखिको ठुलो संघर्ष छ ।
यस क्रममा उनले २७ महिनाको नारकीय हिरासतमा जीवन बिताउनु परेको थियो भने हालै निर्वाचनकै प्रचारप्रसारकै बेला उनले जीवन साथी –पति) प्रकाश दाहाललाई गुमाउनु परेका पीडा ताजै छ । यतिबेला बिनाको मुहारमा हासो र आखुको दुवै झल्कीन्छ । बिनाले ३८ हजार ४ सय ६८ मतले विजय प्राप्त गरेकी हुन् । र उनका प्रतिस्प्रधी नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्ठले १९ हजार २ सय १९ मात्रै मत पाएका थिए।