उपेन्द्र यादवलाई लक्षित गरी बम प्रहार

मंसिर १७, काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यदाव माथि बम प्रहर भएको छ । राजेन्द्र महतोको चुनावी सभालार्इ सम्बोधन गरी फर्कने क्रममा धनुषाको रुपैठा नजिक बम प्रहार भएको फोरमका नेता विशुनदेव साहले बताए । नेता यादव सवार गाडीलाई लक्षित गरी बम फ्याँकिएको थियो । यादव सवार गाडी भन्दा केही पछाडि बम खसेकोले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।