बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ

मंसिर १७, काठमाडौं – बालाजु बाइपासबाट शनिबार साँझ १० किलो सुन सहित एक जनालाई पक्राउ गरिएको छ । सो सुन रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याइएको थियो । काठमाडौं प्रहरी परिसरले सिन्धुपाल्चोक घर बताउने फूलसिंह तामाङलाई अवैध सुन सहित पक्राउ गरेको हो । उनले मोटरसाइकलको साइलेन्सर भित्र लुकाएर अवैध सुन काठमाडौं ल्याएका थिए ।काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले सुन बरामद भएको पुष्टि गरे । उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

राजधानीबाट