चुनावी प्रचारमा रोबोटको प्रयोग

इमेलखबर(इटहरी)—चुनाव प्रचार प्रसारमा पर्चा, पम्प्लेट, भाषण, नारा र परिक्रमा पुरानो शैली भइसके । प्रविधिको उच्चतम विकास संगै आधुनिक नेताहरुले चुनावमा इन्टरनेटको भरपुर प्रयोग गरेको देखिन्छ । यस्तै, यतिबेला प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा चाहि उम्मेदवारहरुले रोबोट समेत परिचालन गरेका छन् । सुनसरी क्षेत्र नम्बर २ प्रदेश क का नेपाली कांग्रेका उम्मेदवार हेमकर्ण पौडेलले रोबोट प्रयोग गरेका हुन् ।

‘जय नेपाल’ को नारा लगाउदै रोबोटले प्रचार गरेको छ । सार्थ हेमकर्णलाई रुखमा भोट हालि जिताउ भन्ने आग्रह समेत गरेकोछ । आदर्श मल्लले काठमाडौ बाट रोबोट बनाएर चुनावी प्रचारमा ल्याएका हुन् । सेन्सर जडित उक्त रोबोट मानिस भएको ठाउमा गई भोट माग्छ । यो पुर्वी नेपालकै पहिलो नौलो काम भएको स्थानियको दावी छ ।