धुर्मुससुन्तली अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – १० औ ‘म्यारिज एनिभर्सरी’ अवसर पारेर कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफैले अभिनय गरेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ  । ‘म जुन देखि’ बोलको गीतको भिडियोमा धुर्मुस सुन्तली आफैं निर्देशन गरेका छन् ।

छोरी सुबिहानी फिल्मसको प्रस्तुती रहेको गीतमा दिनेश थपलियाको शब्द र चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ । स्वर अञ्जु पन्त र राजेश पायल राईले दिएका छन् ।

हेर्नुस भिडियो