प्रधानमन्त्री देउवाको निर्देशनः ‘सुरक्षा चेक जांचमा कडाइ गर’

 

मंसिर, १४ काठमाडौं—प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लागेको बेला विभिन्न अशान्तिपुर्ण घटना भइरेकाछन् । बुधबार भने बम विस्फोटमा परि म्यादी प्रहरीको समेत मृत्यु भएपछि सरकारले सुरक्षा व्यवस्थापनमा कडाई गरेकोछ । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले यतिबेला चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा व्यवस्थापप्रति असन्तुष्टि जनाएका छन् । उनले निर्वाचन नजिकीदै छ । र पनि सुरक्षाको राम्रो व्यवस्था नभएको भन्दै असन्तुष्टि व्यक्ति गरेका हुन् ।
गृह सचिव मोहनकृष्ण सापकोटाका अनुसार चुनावलाई असर पर्ने र विस्फोटका गतिविधिहरुलाई नियन्त्रण गर्न कडा कारबाही गर्ने नियर्ण भएको बताए । जसमा शान्ति सुरक्षाको व्यवस्था गर्न आवश्यक परेको खण्डमा सामान्य देखि अधिकतम बल प्रयोग गर्ने सुनाए । प्रधानमन्त्रीले झोलामा बम लगेर विस्फोट गराउदा पनि सुरक्षा निकाय अनविज्ञ हुनु लापरवाही रहेको आरोप लगाएका छन् । उनले अब देखि सुरक्षा जांच अत्यन्त कडाइका साथ लागु गर्नु पर्ने निर्देशन दिएका छन् ।