भारतीय गायिका मोनाली नेपाल आउदै

एजेन्सी—भारतीय चर्चित गायिका मोनाली ठाकुर कन्र्सट लिएर नेपालमा आउने भएकी छन् । यो खबरले उनका फ्यानहरु व्यग्रतापुर्वक उनलाई कुरिरहेकाछन् । यो पर्खाई भने अब डिसेम्बर ९ तारिख सम्म मात्रै बाकी रहनेछ । यसै तारिखमा मोनालीले आफ्नो गीतले नेपाली दर्शक रिजाउने छिन् । ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ थिममा उनको कन्र्सट हुनेछ ।


काठमाडौको डेजा भू क्लबमा हुन लागेको कार्यक्रम बेलुका ७ बजेदेखि सुरु हुनेछ । यसै कार्यक्रमा नेपाली कलाकार सलोन बस्नेत र आमेष भण्डारीको समेत प्रस्तुती देखाइनेछ । मोनालीले ‘मोह मोहके धागे…’, ‘सवार लो…’, बद्रि कि दुल्हनिया…’, ‘रघुपति रागव…’, ‘जरा जरा टच मी…’ लगायत मन छुने गीत गाएकी छन् ।