तामाकोशी गाउपालिकाको जामुने मतदान केन्द्रमा बुथ कब्बा गर्ने प्रयास

 

मंसिर, १० काठमाडौं—मतदान केन्द्र कब्जा गर्ने प्रयास भएपछि तामाकोशी गाउंपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनावपुर्ण वातावरण सिर्जना भएकोछ । बुथ सुरक्षाका लागि सुरक्षा फोर्स माग गरिरहेको छ । मतदान केन्द्र भन्दा माथिबाट ढुंगामुढा प्रहार गरेर बुथ कब्जा गर्न समुह आएको प्रहरीले जनाएकोछ । प्रहरीका अनुसार टाढाबाट गुलेली ढुंगा प्रहार गरिएकाले मतदान केन्द्रमा तनाव भएको बताएकोछ ।
नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समुहले केन्द्रमा आक्रमण गरेपछि तनाव सिर्जना भएको आरोपछ । गत स्थानीय तहको चुनावमा समेत यसै ठाउमा बुथ कब्जा गर्ने प्रयास गरिएको थियो ।