‘कहाँबाट सुरु गरौ म तिम्रो त्यो रुपको बयान’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ – गीतकार अम्बिका  गुरुङको शब्दमा नयाँ गीत ‘कहाँबाट सुरु गरौ म तिम्रो त्यो रुपको बयान’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक रामकृष्ण ढकालको आवाजमा रहेको उक्त गीतमा संगीत प्रकाश लेप्चाको रहेको छ ।

अनिशा के छेत्रीको निर्देशनमा बनाइएको भिडियोमा भुपेन्द्र भट्टराईको छायाङ्कन र सम्पादन हो भने भिडियोमा  नायक राजबल्लभ कोइराला र सुनिक्षा मैनालीको अभिनय देख्न सकिने छ ।
गीतकार अम्बिका गुरुङद्वारा स्थापित भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।