नेमार र काभानी चम्केपछि पिएसजीद्वारा सेल्टिक ७-१ ले पराजित

 

मंसिर ७, काठमाडौं – फ्रेन्च क्बल पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युरोपियन च्याम्पियन्स लिगमा शत प्रतिशत जित हात पारेको छ। यसअघि नै अन्तिम १६ मा पुगिसकेको पिएसजीले समूह चरणको खेलमा सेल्टिकलाई ७-१ ले हरायो।

खेलको पहिलो मिनेटमै गोल खाएपनि पिएसजीले घरेलु मैदानमा ७ गोल फर्कायो। माउसा डेम्बेले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए। तर नेमार र एडिनसन कभानी चम्केपछि सेल्टिकको ही चलेन।

पिएसजीको शानदार जितमा नेमार र काभानीले २-२ गोल गरे। यस्तै मार्को भेराट्टी, केएलिन एमबापे र डानी अल्भ्जले समान १ गोल गरे।

जितपछि पिएसजीले समूह बीमा १५ अंक जोडेको छ। यस्तै पिएसजीसँगै अन्तिम १६ मा पुगेको जर्मन क्लब वायर्न म्युनिखले एन्डरलेक्टलाई २-१ ले हरायो। वायर्नका लागि रोवर्ट लेवान्डास्की र कोरेन्ट टोलीसोले गोल गरे। एन्डरलेक्टका लागि सोफिएल हानीले एक गोल गरे।