प्रचण्डका हरेक सभामा कम्रेड बादल जाने

 

मंसिर, ६ कठमाडौं—बुधबार रुपन्देही बुटवलमा बाम गठबन्धनको चुनावी सभा हुने भएकोछ । जसमा सभालाई संबोधन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा ‘बादल’ सहभागी हुनेछ । त्यहा भने माओवादी अध्यष प्रचण्ड हुने छैनन् । उनी यस सभामा सम्वोधन गर्न आउने कुरा थियो । आयाजकले ओली र प्रचण्डको तस्वीर समेत राखेर पोष्टर तयार पारेका थिए । छोरा प्रकाशको असामिक निधन भएपछि पुत्र शोकमा परेका प्रचण्ड अनुपस्थीत भएका हुन् । चितवनमा मंगलबार गरिएको सभामा पनि प्रचण्ड उपस्थीत देखिए तर, जनतालाई कुनै पनि प्रकारको संवोधन गरेनन् । प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाका अनुसार अब संवोधन गर्नु पर्ने प्रचण्डका हरेक क्षेत्रमा रामबहादुर थापा जानुहुने बताए ।