कोहलपुरमा ५० करोडको होटल

काठमाडौं—पछिल्लो समय कोहलपुरमा ५० करोड लगानीमा चारतारे होटल निर्माण भएकोछ । कोहलपुरको महेन्द्रनगररोडमा होटल सेन्ट्रल प्लाजा सञ्चालन आएको छ । सोमबारदेखि बांके जिल्लाको कोहलपुरमा चारतारे होटल बनेको हो । १६ रोपनी क्षेत्रफलमा बनेको उक्त होटलमा ७७ कोठा छ । सञ्चालक देवानन्द अर्यालका अनुसार आन्तरिक र बाह्य पर्यटकको सुविधालाई हेरेर होटल खोलिएको बताए । ३० सय एक हजार स्पा, जिम, सपीङ कम्पेक्स, बेकरी जस्ता आधुनिक सुविधा सम्पन्न होटलमा ३२ स्क्वयार फिटको स्विमिङ पुल, दुई वटा बार, तीन वटा सेमिनार हल छ ।