नायिका बर्षा राउतसगं सबाल—जवाफ

काठमाडौ— बर्षा राउत एक चर्चित नायिका हुन । उनी चलचित्र नाइ नभन्नु ल ४ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन । उनले अभिनय गरेका चलचित्रहरु जात्रा, छक्का पञ्जा र छक्का पञ्जा २ ले ५१ दिन समेत मनाउन सफल भइसकेको छ । प्रस्तुत छ उनीसग गरिएको छोटो सवाल जवाफ —

अहिले केमा व्यस्त हुनुहुन्छ ?

म्युजिक भिडियो र बिज्ञापनमा व्यस्त छु ।

अहिले सम्म कति वटा फिल्म खेल्नु भयो ? 

अहिले सम्म ५ वटा फिल्म खेलेको छु ।

आफनो आईडलको रुपमा कसलाई लिनुहुन्छ ?

प्रियंका कार्कीलाई

एकदिन चरा बन्न पाउनु भयो भने कहाँ पुग्नुहुन्छ ?

एकदिनको लागी मात्र हो भने म मुुस्ताङ पुग्छु ।
तपाईसग कहिल्यै नछुट्ने सामान के हो ?

हाहाहा…….मोबाईल
एकदिन डेटिङ जानपाएकोसग जानुहुन्छ ?

अः अः वरुण धवलसग

अरुले मन पराउने तपाईको बानी के होला ?

म एकदमै छिटो घुुलमिल हुन्छु ।

प्रेम प्रस्ताव कत्तिको आउछ नि?

आईरहन्छ तर खासंै वास्ता गर्दिन ।

एउटा अवस्मरणीय क्षण ?

फिल्मीखवरले व्यति सम्मान प्रदान गरेको दिन ।

बिहे कहिले गर्नुहुन्छ ?

अहिले कुनै योजना छैन करियरलाई फोकस गरिरहेको छु ।

 तपाईका बुझाईमा जिन्दगी के हो ?

जिन्दगी दु ख सुखको भोगाई हो ।

प्रस्तुती ः प्रकृतीदाहाल