सर्वनाममा सुनिए नरेन्द्र र बिना

काठमाडौं(इमेलखबर)—सिर्जना र सर्जकको संरक्षण गर्ने हेतुले सर्वनाम थिएटर र लुनकरण दास— गंगादेवी चौधरी साहित्य कला मन्दिरको संयुक्त आयोजनामा हामी कवि र कविता श्रृंखला हुदै आएकोछ । लामो समयदेखि हरेक महिनाको पहिलो तारिखमा कविता वाचन हुने गर्छ । कालिकास्थानस्थित सर्वनाम थिएटरमा शुक्रबार पनि कविता सुन्ने दर्शकको भिड थियो । यस श्रृंखलामा कवि द्ववे नरेन्द्र बहादुर श्रेष्ठ र विना थिङ तामाङ मुख्य आर्कषक थिए ।


उनीहरुका रचना सिर्जना र वाचन शैलीमा आफ्नै मौलिकता थियो । कलाकार समेत रहेका नरेन्द्रको कविता बिम्बमा लालित्य भेटिन्थ्यो भने बिनाका सिर्जना तामाङ समुदायको सौन्दर्य झल्कने खालका हुन्थे । यि दुवैका आ—आफ्नै शैलीमा दर्शकले आनन्द उठाइरेहका थिए । सर्वनाम र कला मन्दिरको कविता वाचन संस्कृतिले पछिल्लो समय स्रोताको रुचि बढाउन थालेकोछ ।