नेताका लागि भोट माग्दै कलाकार

काठमाडौं(इमेलखबर)—कलाकारको महत्व चुनाव लागेपछि नेताहरुमा विशेष लाग्छ । गीत गाउने देखि लिएर नेताको पक्षमा मत माग्न समेत कलाकारले साथ दिइरहेका छन् । एमाले महासचिव इश्वर पोखरेलले यतिबेला कलाकारको निकै खोजी गरेका छन् । उनले टोखामा घरदैलोका क्रममा गायिका कामेल वली, दिनेश डिसी, निखील उप्रेती लगायतका कलाकार भोट माग्न हिडेका छन् ।

कलाकारले पनि नेताको मनोभाव बुझेर मत मागिरहेका छन् । उनीहरु बामपन्थी गठबन्धनमा देशको सुन्दर भविष्य रहेको भन्दै जनतालाई सम्झाएका छन् । पोखरेलले पनि बामपन्थी गठबन्धनले जनताको सपना मर्न न दिने विश्वास दिलाउदै यो पटक काठमाडौंबाट आफुलाई अवसर दिन जनता प्रति अनुरोध गरेका छन् ।