कुमार नगरकोटीको लेखनमा दयाहाङको निर्देशन

 

काठमाडौैैं(इमेलखबर)—कुमार नगरकोटीको लेखन रहेको नाटक ‘झ्यालिञ्चा’ यतिबेला मञ्चन गरिएकोछ । अनामनगरस्थित मण्डला थिएटरमा नायक दया हाङ राईले निर्देशन गरेका छन् ।
एक घन्टा लामो नाटकमा रंगकर्मी विजय बराल र रञ्जना ओलीले अभिनय गरेका छन् । नाटकमा माओवादी र शाही सेनाबिचको जनयुद्धमा विना कारण मारिएकी युवतिको कथा देखाउन खोजिएकोछ । त्यस्ता थुप्रै जनताले ज्यान गुमाएका थिए जनयुद्धमा । कतिपयको मृत्य अर्थहिन भएकोछ । अहिले सम्म राज्यको वेपत्ता नागरिकको लिस्टमा समेत पर्न सकेका छैनन ।


उनका परिवारले आउने आशमा आखा ताकिरहेका छन् । जनयुद्धले जनताको मनमा दिएको घाउ नाटकले कोट्याएकोछ । एउटा लेखकले उपन्यास लेख्ने बाहानामा ति पात्रहरु नाटकभर घुमिरहेका छन् । लामो स्क्रप्ट र न्यारेसन बढि भएकाले नाटक किताब पढेको जस्तो लाग्छ । दृश्यात्मक स्वाद भने कमै भेटिन्छ । नाटक मंसिर ३ गते सम्म मञ्चन हुनेछ ।