नेपालद्धारा भारत १९ रनले पराजित

 

कार्तिक २६, काठमाडौ, एसीसी अन्डर(१९ एसिया कप प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको नेपालका लागि ऐरीले सर्वा्धिक ८८ रनको योगदान दिनुका साथै ४ विकेट समेत लिएका थिए । कुनै पनि तहको क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो ।
क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो ।
ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएको नेपालको लागि तेस्रो क्रमका ब्याट्सम्यान अनिल साहले पनि ६ रन मात्र जोडेका थिए । ओपनर जितेन्द्र सिंहले ३६ रन जोड्दै दिपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । जितेन्द्रको प्रस्थानपछि दिपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै १ सय १ बलमा ६ चौका र २ छक्काको मदतले ८८ रन जोडे । ऐरी पारीको ४९ औं ओभरमा आउट भएका थिए । मध्येक्रममा रोहित पौडेलले ६ तथा भीम सार्कीले १५ रन जोडे । तल्लोक्रमका ब्याट्सम्यान मा सन्दिप लामिछाने ५ बलमा ९ रन बनाउँदै अविजित रहे । किशोर महतोले पनि ७ रनको योगदान दिए ।
नेपालका बलरहरु पवन सराफ र सहाहव आलमले २(२ र सन्दीप लामिछाने, कमल सिंह ऐरीले १(१ विकेट लिएका थिए।

भारतका लागि आदित्य ठाकरे र अविशेक शर्माले २र२ विकेट लिए । विवेक तिवारी, मन्दिप सिंह, शिब सिंह र अथर्व ताइदेले पनि १र१ विकेट लिए ।

यस्तै भारतका लागि ओपनरहरु हिमांशु रानाले ४६ र मनजोत कलराले ३५ रन बनाएका थिए । भारतको मध्यक्रमका खेलाडी अभिषेक शर्माले २७ रन बनाएका थिए।

पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाल यस खेलमा भने जित हात पार्न सफल भए पछि दोस्रो चरणमा प्रवेशको आशा जिवितै रहेको छ।