मंसिर २ मा नेपाल आइडल जावलाखेलमा

काठमाडौ —नेपाल आइडलको करिब दुई महिना पुग्न लाग्दा सबैको व्यस्तता उत्तिकै छ । अहिले उनीहरुले देश विदेश कन्सर्टमा ब्यस्त रहेका छन् । टप थ्रीसँगै सागर आले मगर लगायतको व्यस्तता पनि उत्तिकै छ । यही मंसिर २ गते शनिबार जावलाखेल फुटबल मैदानमा भव्य कन्सर्ट आयोजना गरिने भएको छ । नेपाल आइडल बुद्ध लामा, फस्र्ट रनरअप निशान भट्टराई, सेकेण्ड रनर अप प्रताप दासले जावलाखेल क्षेत्र थर्काउनेछन् ।
दिउँसो १ बजेदेखि सुुरु हुुने कन्सर्टमा सन्ध्या जोशी, प्रमिला राई, उल्सन श्रेष्ठ र अफ्सर अली लगायतको प्रस्तुति हेर्न पाईनेछ । क्लासिक इभेन्ट्स र एएनसी ईभेन्ट्सले कन्सर्ट आयोजना गर्ने भएको छ ।