बढ्यो तरकारीको मुल्य

 

(इमेल खबर)  — काठमाडौंमा   तरकारीको मुुल्य आकासिएको छ । सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक अहिलेसम्म महंगो विन्दुमा पुगेको थिएन । तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो क्रममा देखिएको पहिलोपटक हो कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।
तरकारीको मूल्य घटबढ भइरहन्छ । केही तरकारीले त मूल्यमा रेकर्ड नै राखे मूल्य दैनिक रुपमा घट्नेरबढ्ने हुनुपर्ने हो तर, यो पटक भने लगातार बढीरहेको श्रेष्ठले बताए
अहिले अधिकांश तरकारी किलोेको सय रुपैयाँ भन्दा बढी पुगीसकेको छ । कालिमाटी बजारमै मूल्य उच्च भएपछि खुद्रा बजारमा मूल्य अनियन्त्रित बनेको छ ।
अनलाइन खबरको सर्वैक्षण अनुुशार कालिमाटी बजारमा गोलभेँडाको खुद्रा मूल्य किलोको १२० रुपैयाँ पुगेको छ । खुद्रामा एक सय ५० सम्ममा बिक्री भइरहेको छ ।
सेतो आलुको मूल्य किलोको ७० रुपैयाँ रहेको कालीमाटी बजारमा काउलीको मूल्य ११० रुपैयाँ पुगेको छ । कालिमाटीमा बोडी र मटरकोशा किलोको १३० रुपैयाँ पुगेको छ । हरियो प्याज १४० रुपैयाँ प्रतिकेजी छ ।

एक किलो घिउ सिमी किन्न ११० र तितेकरेला १२० रुपैयाँ खर्चिनुपर्छ । गाजर पनि किलोको १३० रुपैयाँ भएको छ । कालिमाटी बजारमै परवर ८० रुपैयाँ पर्छ भने हरियो फर्सीको मूल्य ७० रुपैयाँ पुगेको छ ।

भिण्डीको मूल्य सय रुपैयाा प्रतिकेजी छ भने पालुंगो र चमसुरको साग कािलेको ११० रुपैयाँमा बिक्री भइरहेको छ । कागतीलाई केहीको ६ सय रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।

भेडेँ खुर्सानी किलाको १३० रुपैयाँ पर्छ भने हरियो लसुुनको मूल्य किलोको १७० रुपैयाँ छ । हरियो धनियाँ किलोको ३९० रुपैयाँ पुग्दा हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

कालिमाटी बजारमा च्याउ किलोको २ सय रुपैयाँमा बिक्री भइरहेको छ । ब्रोकाउली प्रतिकेजी १३०, चुकन्दर ९०, जिरीको साग ११०, पार्सले १२० रुपैयाँ पुगेको छ ।

कालिमाटी बजारमा काठमाडौंकै सबैभन्दा सस्तो तरकारी पाइन्छ । यहाँबाट नै खुद्रा विक्रेताले लगेर विक्री गर्ने भएकाले अन्य क्षेत्रमा तरकारीको मूल्य योभन्दा उच्च हुन्छ ।

रायोका साग नै मुठाको ५० भन्दा बढी तिरिरहेका छन्, उपभोक्ता । आलूकै मूल्य पनि अस्वभाविक रुपमा बढेको छ ।
यस्तो छ  केजीको दरमा तरकारीको मुल्य

गोलभेडा ठूलो    ११०
गोलभेडा सानो १२०
आलु रातो          ७०
आलु सेतो           ५०
प्याज सुकेको   ९०
गाजर            १३०
बन्दा              ९०
काउली स्थानिय    ११०
मूला सेतो          ४०
भन्टा लाम्चो         ८०
भन्टा डल्लो        ८०
बोडी               १३०
मटरकोशा   १३०
घिउ सिमी   ११०
तितो करेला  १२०
लौका            ६०
परवर            ८०
फर्सी पाकेको     ४०
फर्सी हरियो   ७०
भिण्डी        १००
बरेला          ६०
पिंडालू         ६०
स्कूस           २५
रायो साग        ७०
पालूगो साग      ११०
चमसूरको साग  ११०
तोरीको साग      ७०
मेथीको साग      ११०
प्याज हरियो      १४०
तरुल       ७०
च्याउ        २००
ब्रोकाउली       १३०
चुकुन्दर         ९०
जिरीको साग  ११०
सेलरी          १२०
पार्सले       १२०
सौफको साग   ११०
पुदीना      १२०
गान्टे मूला      ७०
इमली       १३०
तामा     १५०
तोफु         ९०
गुन्दुक २००
स्याउ १२०
केरा ७०
कागती ६००
अनार २००
सुन्तला ८०
तरबुजा ७०
मौसम १००
भुर्इ कटहर ११०
काक्रो ४०
नासपाती ११०
मेवा १००
लप्सी ६०
अदुवा ७०
खु्र्सानी सुकेको  २५०
खु्र्सानी हरियो   ९०
भेडे खु्र्सानी   १३०
लसुन हरियो   १७०
हरियो धनिया    ३९०
लसुन सुकेको चाइनिज   २५०
लसुन सुकेको नेपाली   २५०
छ्यापी सुकेको    २२०
माछा ताजा    २६०
कालिमाटी बजार विकास समितिको भनाइलाई मान्ने हो भने उत्पादन कम भएर नै मूलयवृद्धि उच्च भएको हो ।

भारतबाट आउने सुकेका तरकारी महंगिएको बताउँछन् समितिका उप(निर्देशक श्रेष्ठ । ‘यो वर्ष धेरै वर्षा भयो । त्यसले तरकारी बालीहरु प्रभावित भए । त्यसैले मागअनुसार बजारमा तरकारी आउन सकेको छैन,’ श्रेष्ठले भने, ‘तरकारीको मूल्य घट्दै नघट्नुको कारण पनि यही हो ।’

समितिले अझै केही समय तरकारीको मूल्य नघट्ने अनुमान गरेको छ । तरकारीमा लगातार मूल्यवृद्धि भइरहँदा तरकारी उत्पादकहरुले भने राहत पाएका छन् । काठमाडौंमा तिहार अघिदेखि लगातार तरकारीको मूल्य बढिरहेको छ ।