मालेका प्रतिनिधिसभा उम्मेदवारसहित ३० नेता–कार्यकर्ता एमालेमा

 

कात्तिक २२, काठमाडौं – नेकपा (माले) का पोलिटब्युरो सदस्य रामचन्द्र बलामीसहित ३० जना नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

आज साँझ यहाँ आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले (माले)का केन्द्रीय सदस्य भरतमणि ज्ञवाली, सो पार्टीको मजदुर संगठनको केन्द्रीय अध्यक्ष नरबहादुर थापालगायतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका हुन् ।
ज्ञवाली गुल्मी क्षेत्र नं १ मा नेकपा (माले)कातर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।

सो अवसरमा अध्यक्ष ओलीले वाम गठबन्धनलाई समृद्ध र प्रभावकारी बनाउने एकता प्रक्रियामा यसले सहयोगी हुने बताए ।

मालेका पोलिटब्युरो सदस्य बलामीले बृहत् वामपन्थी एकताका लागि प्रयास गर्दा मालेको नेतृत्व तयार नभएकाले आफूहरु बृहत् वाम एकतामा आएको बताए ।

यसैबीच, कांग्रेसमा परिवारवाद र चाप्लसी हावी भएको भन्दै सिरहा नगरपालिका–३ का कांग्रेस कार्यकर्ताहरु गणेश मण्डललगायतले पार्टी परित्यागको घोषणा गरेका छन् ।