घरजग्गा कारोबारमा अर्बौको राजश्व छलि

काठमाडौं(इमेलखबर)—घरजग्गा कारोबारमा अर्बौ रुपैया राजश्व छली हुन थालेकोछ । सरकारले अनलाईन मार्फत घरजग्गा किनबेच कारोबारमा निगरानी गर्दा विगतमा राजश्व छली भएका देखिएको हो । गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सबै विवरण अनलाईनमार्फत निगरानीमा राखेको छ ।
भुमीसुधार तथा व्यवस्थापन विभागले गत वर्षदेखि अनलाईन माध्यम अपनाएको हो । जसमा विगतमा राजिष्ट्रेसनबापत अर्बौ राजश्व छली हुन थालेको तथ्य खुलेकोछ । विभागमा मुलुकभरका घरजग्गाको कारोबार तथ्याङ्क राख्ने गरिन्छ । एकै वर्षमा आठ अर्ब रुपैया राजश्व बढेको विभागले जानकारी दिएकोछ । तथ्यांक अनुसार राजश्व छलि गर्नुमा कर्मचारी, घरजग्गा दालल र लेखापढीहरुको मिलिमतोमा रहेको देखिएकोछ ।