बललाई प्रतिभा पुरस्कार

काठमाडौं(इमेलखबर)—संचारकर्मी एवं साहित्यकार फुलमान बललाई प्रतिभा पुरस्कार प्रदान गरिने भएकोछ । बेलायतको नेपाली प्रतिभा प्रतिष्ठानले बललाई पुरस्कार सहित पाका श्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा सम्मान’ ले सम्मानीत गर्ने भएको छ ।
पुरस्कार स्वरुप १ लाख रुपैया राशी राखिएकोछ भने सम्मानीतलाई २० हजार रुपैया, दोसल्ला र ताम्रपत्र राखिएकोछ । प्रतिष्ठानकी अध्यक्ष दीपा लिम्बु राईको अध्यक्षतामा पुरस्कृत र सम्मानति व्यक्ति घोषणा गरिएको हो ।