कलाकार शान्ति वाईवा भन्छिन्, ‘नीरफुलमा परिवार सम्हालेकी छु’

प्रकृती दाहाल
थिएटर पृष्ठभुमिबाट उदाएकी शान्ति वाइबा यतिबेला फिल्म क्षेत्रमा व्यस्त छिन । पहिलो पटक आफु अभिनित चलचित्र निरफुल दर्शक सामु ल्याउने तयारीमा जुुटेकी छन । उनले सडक नाटक थिएटर हुुदै फिल्मी क्षेत्रमा पाइला टेकेकी हुुन । सन्चारकर्मी फुलमान बलद्धारा निर्देशित फिल्म निरफुलमा उनले मुख्य भुमिका निभाएकी छन । यही सन्र्दभमा उनको कामको अनुभव ,करियर र फिल्मी कुराको बारेमा गरिएको एक संम्वाद ः


अभिनय यात्रा कसरी सुरुवात गनुभर्यो ?

सबैभन्दा पहिले मैले सडक नाटकबाट अभिनय यात्रा सुरु गरे । त्यस पछि मण्डला थिएटरमा १ महिना र शिल्पीमा १५ दिनको तालिम लिई नाटकमा प्रबेश गरे ।

कति वटा नाटकमा खेलेको अनुभव छ ? त्यसमा आफैलाई मन परेको नाटक कुन हो नि ?

मैले तामाङ भाषाका सांस्कृतिक नाटकहरु धेरै खेलेको छु । आफुुले खेलेका नाटकहरु सबै राम्रै लाग्छन, त्यसमा पनि ‘मिन्दमाया’ नाटक आफुलाई मन पर्छ । यो चै फुलमाया भने जस्तै हो । यो नाटक तामाङ भाषाको मौलिकता, चेलीबेटी बेचबिखन, वैदेशिक रोजगार जस्ता सबै कुराहरुलाई समेटिएर बनाइएको थियो । यो एकदमै राम्रो लागेको थियो

सडक नाटक थिएटर हुदै फिल्ममा आइपुग्दा सम्म तपाइको अनुभव कस्तो रह्यो ?

नाटकमा र फिल्ममा धेरै फरक छ । एक त समयको कुरा भयो । नाटकमा कम समयमा प्रत्यक्ष रुपमा अभिनय देखाउनु पर्दछ त्यही अनुसारको फिलिङस देखाउनु पर्छ । फिल्ममा भने समय नि बढी लाग्दछ । अभिनयमा थुप्रै रिटेक लिन सकिने सुविधा हुन्छ ।

अहिले आफु अभिनित पहिलो फिल्म ‘निरफुल’ दर्शकसामु ल्याउने तयारी गर्दैहुनुहुन्छ । यसमा तपाइको कस्तो अभिनय रहेको छ ?

म यो फिल्ममा बच्चासंग पारिवारिक जिवन सम्हालेकी महिलाको भुमिकामा देखिनेछु ।

निरफुलमा अहिले नेपालको सुपरस्टार दयाहाङराङ सगै देखिदैहुनुहुन्छ पक्कै पनि उहासग तपाइ भर्खर फिल्म क्षेत्रमा काम गर्दा चुनौतिहरु रहेका हुन्छन यसलाइ कसरी लिनु भएको छ नि ?

दयाहाङ दाई संग मैले मण्डलाबाटै काम सुरु गरेको हो उहां संग यसअघि पनि फिल्ममा उहाकी श्रीमतीको सानोे भुमिका निभाइसकेकी छु । अहिले यो फिल्म पनि सगै खेल्न पाउदा खुसी लागेको छ । पक्कै पनि सुपरस्टार संग काम गर्न चुनौति त हन्छ नै तर यसलाई पनि मैले सहज रुपमा लिएको छु ।

फिल्म सुटिनको त्रममा सम्झनलायक कुनै क्षण ?

हामीले यो फिल्म धादिङको रुबी भ्याली भन्ने गाउमा सुटिङ गरेका थियौ । एकदम नयां ठाऊ पुुगेको थिए म । त्यहाबाट गणेश हिमाल सहजै देख्न सकिन्थ्यो । त्यहा भेडाबाखा्र च्याङगा्रसगै खेल्दै दुध खादै आगो ताप्दै सुटिङ युनिट सगै एकदमै रमाइलो गरेका थियौ । त्यो क्षण एकदम आनन्दित थियो ।

सुटिङकै क्रममा रहेको नीरफुल दर्शकहरुले कहिलेसम्म हेर्न पाउनेछन त ?

अहिले हामी ठमेल एरियामा सुटिङको क्रममा छौ । यो फिल्म माघ सम्ममा दर्शकसामु हलमा ल्याउने तयारीमा छौ ।