जोगमाया चापागाईं गजल पुरुस्कार गजलकार कमल संघर्षलाई

काठमाडौ —जोगमाया चापागाईं प्रतिष्ठानले हरेक बर्ष गजल लेखनमा सक्रिय रहेका मध्येबाट एकजनालाई २५ हजार रासी र ताम्रपत्र पुुरुस्कार प्रदान गरिदै आइरहेको छ । राजधानीमा आयोजित एक कार्यत्रमका बिच यस बर्ष गजलकार कमल संघर्षलाई उत पुुरुस्कार प्रदान गरिएको छ ।
सुदामा चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी ज्ञानुवाकर पौडेलले नेपाली गजलमा कमल संघर्ष जस्ता केही श्रष्टाहरु देखा पर्नु नेपाली गजलको भविष्य लाई फराकिलो बनाएको बताए ।
केका लागि यो मरिहत्ते के छ तिमी सङ्ग ?
मृत्यु बाहेक अर्काे सत्य के छ तिमी सङ्ग ?
दुनिया आफ्नो बनाउन दुईटा कुरा चाहिन्छ
रुपियाँ र यौवन मध्य के छ तिमी सङ्ग ?
प्रस्तुत गजलका सेरहरुबाट गजल वाचन थालेका कमल संघर्षले जंगल पसे बुद्धहरु बन्दुक बोकेर,ऐनाले पनि अनेक थरिको ,उदाहरणका लागि,प्रयोगशालामा,आफ्नै मन पनि अरुको,देशले दिन्न कामकाज खाडिमा पुग्छ,चिठ्ठि नपठाउनु,धरहराबाट,मलाई के थाहा देश राजधानी भित्र हुन्छ ,जाने बेलामा लगायतका १ दर्जन गजलहरु वाचन गरेका थिए ।