ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न राष्ट्रपतिको आयोगलाई आग्रह

 

कात्तिक १६, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले हिजो अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचन तोकिएकै मितिमा हुने कुरामा कतै द्विविधा नराखी काम गर्न प्रमुख आयुक्तलाई सुझाव दिएकी थिइन् । आयोगले गरेको निर्वाचनको तयारीप्रति सन्तोष प्रकट गर्दै राष्ट्रपतिले भनिन्, सशंकित हुनुपर्दैन, हामी आयोगको साथमा छौँ र ढुक्क भएर अगाडि बढ्नुहोस्।

भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । सर्वोच्च अदालतको आदेश अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र छपाइ गर्ने कार्य जारी रहेको तथा मतदान केन्द्रित निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्ने कार्य तीव्ररुपमा भइरहेको राष्ट्रपति समक्ष उनले जानकारी गराएका थिए ।
नागरिकबाट