लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई बलियो बनाउनुपर्छ : गच्छदार

कात्तिक १६,विराटनगर – उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा हिजो अपराह्न पत्रकारहरुसँग कुराकानी गर्दै उनले वामपन्थी दलहरु बीच चुनाव एकता भएकाले सो एकताको सामना गर्न सैद्धान्तिक र राजनीतिकरुपमा नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक मोर्चा गठन भएको स्पष्ट पारे । अहिले लोकतान्त्रिक पद्धतिमाथि खतरा उत्पन्न भएको प्रसंग उल्लेख गर्दै उनले वामपन्थी गठबन्धनले साम्यवादी विचारधारा मार्फत संसदीय पद्धतिलाई बदलेर कार्यकारी राष्ट्रपति बनाउन लागेको हुनाले लोकतन्त्रलाई अप्ठेरोमा पर्न नदिन नेपाली काँग्रेसको नेतृत्वमा ऐक्यबद्ध हुन आह्वान गरे ।

नागरिकबाट