इमेलखबर
काठमाडौं—नेपालको व्यापार भारतमा बढि निर्यात हुने परम्परा अहिले खस्कीदै गएको छ । राष्ट्रबैंकको पछिल्लो अध्ययन प्रतिविदेन अनुसार नेपालको व्यापार विस्तार भारततिर नभई चीनतर्फ बढ्न थालेको देखाएकोछ । अघिल्ला केहि वर्षमा ८० प्रतिशत भारतीय व्यापारमा नेपाल पर्थ्यो भने अहिले त्यसको क्रम घट्दै गएको पाइन्छ । चालु वर्षको भदौमा चीन तर्फ निर्यात बढेको र भारतमा घटेको तथ्यांक छ ।
राष्ट्र बैंकको दुईमहिने तथ्यांक अनुसार भारतको निर्यातमा ३.३ प्रतिशते घटेको र चीन तर्फको व्यापार ४४. ६ प्रतिशतले बढेको उल्लेखछ । यसबिचमा मेसिनरी सामान, सुन, सिमेन्ट, पेट्रोलियम पर्दाथ चिनबाट बढि आयात भएको पाइन्छ । यस्तै भईरहे झन्डै १२ खर्ब रुपैया घाटा हुने अनुमान लगाउन सकिन्छ ।