तरकारीवाली भन्छिन्, ‘कथाबस्तु मन परेकाले फिल्म खेलेकी हु’

 

इमेलखबर

काठमाडौं—कुनै बेला तरकारीवालीको र्चचा बटुलेकी कुसुम श्रेष्ठ केहि समय ओझेल परिन् । गोरखाको भुम्लीचोककी उनलाई फिल्म खेल्ने र म्युजिक भिडियो बनाउने थुप्रै अफर आएका थिए । यि सबै बाट आफुलाई जोगाई राख्न उनी केहि चुप बसेकी थिइन् । पढाईमा ध्यान केन्द्रित गराउन उनले यसो गरेको बताउछिन् । तर, अहिले भने उनी अचनाक फिल्म खेलेको र यो वर्षको अन्तिममा प्रर्दशन हुने जानकारी दिएकी छन् । अहिले उनको यहि जानकारीले मनोञ्जन समाचारमा सनसनि फैलिएकोछ ।
उनले ‘लम्फु’ फिल्ममा अभिनय गरेको बताएकी कुसुमले आफु अनुकुल कथा बस्तु भएकाले फिल्ममा प्रवेश गरेको सुनाइन् । गोपालचन्द्र लामिछानेको निर्देशन रहेको फिल्ममा कुसुमको कस्तो भुमिका छ ? त्यो भने रहस्यमै रहेकोछ । निर्देशक र तरकारीवाली दुवैले फिल्म प्रर्दशनी पछि मात्रै जानकारी आफै हुने भन्दै रहस्यमा राखेका छन् । किसानकी छोरी कुसुमले तरकारी बेच्दै गदाको तस्वीर सामाजिक सञ्जालमा भाईरल भएपछि चर्चामा आएकी हुन् । अब उनको चर्चा फिल्म अभिनयमा भने कस्तो हुने छ त्यो हेर्न बाकी नै छ ।