ओली र दाहाल विरुद्ध अदालतमा अपहेलना मुद्दा दायर !

 

कात्तिक १४, काठमाडौं – सर्वोच्च अदालतमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध अदालतको अपहेलना सम्बन्धी मुद्दा दायर गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयलाई अनादर गरेर बोलेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) का नेता सर्वेन्द्रनाथ शुक्लाले हिजो ओली र दाहाल विरुद्ध अदालतको अपहेलना सम्बन्धी मुद्दा दायर गरेका हुन् । अलग अलग मतपत्र छाप्ने कार्य अगाडि बढाउन दिन नहुने भन्ने मनसायले भाषण गरेको हुँदा अदालतको आदेशको मानहानि हुन गएको मुद्दामा उल्लेख छ । साथै निजहरुलाई अदालतको अपहेलना अन्तर्गत मुद्दामा १ वर्ष कैद र १० हजार जरिवानाको माग पनि गरिएको छ ।
रासस