सिटौला प्रत्यक्षबाट नै चुनाव लड्ने

कार्तिक १३, काठमाडौं— नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला झापाको क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फबाट नै प्रतिनिधिसभा चुनाव लड्ने भएका छन्।
संसदीय तथा प्रदेशसभा निर्वाचन परिचालनको ‘कमाण्ड’ सम्हाल्ने जिम्मा दिएर उनलाई समानुपातिकतर्फ उठाउने तयारी थियो। तर सिटौलाले आफु प्रत्यक्षमै उठ्ने भनेपछि उनको नाम समानुपातिक सुचिबाट हटाइएको छ ।

कांग्रेसले चुनावी तालमेल गरेको राप्रपाले प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ आफूले पाउनुपर्ने भनेर माग गरेको थियो माग गरेमध्ये झापाको क्षेत्रनम्बर ३ सिटौलाको क्षेत्र हो पर्दछ । त्यहाँ राप्रपाले आफ्ना युवा नेता राजेन्द्र लिङ्गदेनलाई उठाउने निर्णय गरिसकेको छ । गत संविधानसभा निर्वाचनमा सिटौलाका निकटतम प्रतिद्वन्दी थिए। गएको स्थानीय तह निर्वाचनमा सोहि क्षेत्रमा पर्ने २ गाउँपालिका पनि राप्रपाले जितेको थियो ।