जथाभावी घर बनाउनेको सख्यामा नियन्त्रण हुदै

कार्तिक १३, काठमाडौं—नियमविपरीत घर निर्माण गर्नेहरुको संख्यामा नियन्त्रण आएको छ । काठमाडौं महानगरपालिकाले घरघरमा इञ्जिनियर अवधारणा लागु गरेपछि यस्तो प्रभाव देखिन थालेको हो । कामपाले बेला बेला अनुगमन गरिरहेको पनि छ ।
कामपाका अनुसार ३५ वटै वडामा ३० भन्दा बढि इञ्जिनियरले अप्रत्यक्ष रुपमा अनुगमन गरिरहेको बताइएको छ ।

कामपाबाट नक्सा पास नगरि घरको निर्माण गर्न पाइदैन् । नियमअनुसार घर निर्माण नक्सा बनाउन अनिवार्य यस्तो अवधारणा ल्याएको हो । दैनिक १० देखि १५ वटा सम्म घर अनुगमन गरेको कामपाले जनाएको छ । नियम विपरित घर निर्माण गरेका थाहा पाएमा घरधनीलाई बिचैमा रोक्न लगाइ कारबाही गर्ने बताएको छ ।