‘जोखिममा, नया शक्ति’


कार्तिक, १२
काठमाडौं—नया“ शक्तिका नेता बासु पोखरेलले माओवादी पार्टी प्रवेश गरेका छन् । माओवादी पार्टी अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गर्दै नया“ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईबारे राजनीतिक टिप्पणी गरेका थिए ।
उनले नया“ शक्ति धरापमा परेको र यसको कारण बाबुराम आफै रहेको प्रचण्डले आरोप लगाए । उनका अनुसार माओवादी त्यागेर कांग्रेससंग तालमेल गर्न खोज्नु नै नया शक्ति र बाबुरामको भविष्य जोखिममा रहेको सुनाए । ‘अब नया शक्ति संकटमा छ’, प्रचण्डले भने, ‘यसको असर बाबुराम आफैलाई परेकोछ ।’
माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार देशको स्थायित्व वाम गठबन्धनको विजयीमा हुने दावी गरे । बाबु पोखरेलले भने झिनो पार्टीमा लागेर राजनीतिक एवं देशको भविष्य सम्भव नभएको कारण देखाउदै माओवादी पार्टी प्रवेश गरेको खुलाए ।