दलित महिला नेतृत्व बारे कार्यशाला

काठमाडौ — स्थानिय तहमा निवार्चित दलित महिलाहरुको नेतृत्व , क्षमता अभिवृद्धिका लागी २ दिने कार्यशाला धुलिखेलको माउण्टेन रिर्सोटमा सम्पन्न भएको छ । दलित महिला केन्द नेपालले आयोजना गरेको उतm कार्यत्रम बिशेष गरि दलित महिलाहरुको सिप क्षमता, अभिवृद्धि बिकास गर्नका लागी सञ्चालन गरेको दलित महिला केन्द नेपालकी अध्यक्ष गौरा नेपालीले बताइन ।
नेकपा एमालेकी पुुर्व सांसद टेकुु नेपालीले कार्यशाला उद्घाटन गरेकी थिइन । धुुलारी हरिजनले स्वागत मन्तव्य दिदै अहिलेको दलित महिलाहरुको अवस्थाबारे खुलाइन । त्यस्तै पुर्व दलित महिला आयोगकी सदस्य धनकुुमारी सुुनारले अनुुभव सहितको कार्यपत्र तयार पारेकी थिइन् । जसलाई अध्यक्ष गौरा नेपालीले प्रस्तुुत गरीन ।
त्यस्तै शिवहरि ज्ञवालीले अन्तरदलित भित्रको समाबेशी अवस्थाबारे कार्यपत्र प्रस्तुुत गरेका थिए । उनको कार्यपत्रको निष्कर्षमा अहिलेसम्म बिश्वकर्माको बर्चश्व रहेको पाइएको थियो ।
उतm कार्यत्रममा पुर्व सांसदहरु ,बिभिन्न राजनितिक दलका दलित प्रतिनिधिहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।