चिसो बढ्दै, हिमाली क्षेत्रमा निर्वाचन प्रभावीत हुन सक्ने

काठमाडौं—चिसो मौसम बढ्दैछ । राजधानी र केहि भागमा शनिबार देखि अत्याधिक तापक्रम घट्ने क्रम जारी रहेको महशुस गर्न सकिन्छ । मौसमविद्का अनुसार पछिल्लो केहि दिनदेखि काठमाडौको तापक्र न्युन हुदै गएको उल्लेख छ । बुधबार ९.८ डिग्रीमा झरेको छ । अधिकतम तापक्रममा पनि ४ देखि ५ डिग्री सेल्सियसले गिरावट आएको छ ।
न्युनचापीय क्षेत्र पश्चिमबाट पुर्व सरेको मौसमविद्को उल्लेख छ । तापक्रम घट्ने क्रमले हिमाली भेगमा हिमपात पर्न सक्ने अनुमान पनि छ । यसले मंसिरमा आउदै गरेको प्रदेश निर्वाचनमा हिमाली क्षेत्रमा बढि प्रभाव पार्न सक्ने सम्भावना छ ।
उच्च हिमाली भागमा हिमपात पर्न सक्ने हुदा सरकारले हिमाली क्षेत्रमा मंसिर १० गते संघ र प्रदेशसभा निर्वाचन मिति तय गरेको हो ।