जेठ मसान्त भित्र सबै भूकम्पपीडितलाई घर – सीईओ भुसाल

 
कात्तिक १०,काठमाडौँ -राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले पालमुनि बसेका सबै भूकम्पपीडितलाई आगामी जेठ मसान्त भित्र घरमा बसाउने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले मंसिरभित्र प्रत्येक गाउँपालिकामा इन्जिनियर पठाउने र आगामी जेठ मसान्त भित्र सबै भूकम्पपीडितलाई नयाँ घरमा सार्ने योजना साथ आफूले काम गर्ने विश्वास दिलाए । प्राधिकरणको नेतृत्वमा अहिले आफू चौथो व्यक्ति भएको भन्दै उनले यस अघिका सबै सीईओले राम्रै काम गरेको हुनुपर्ने बताए । तर भूकम्पपीडितलाई तत्काल परिणाम चाहिने भएकाले केही काम नभएको जस्तो देखिएको बताउँदै उनले आफू अघिका सीईओहरूले देखाएको बाटोलाई फराकिलो बनाएर हिँड्ने आफ्नो लक्ष्य रहेको बताए ।
राजधानीबाट