पहिलो चरणको निर्वाचनका लागी ८०२ जनाको मनोनयन

 

कार्तिक ६, काठमाडौं ( आगामी १० मंसिरमा ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार ८०२ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले आइतबारको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएको जनाएको छ । पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा तर्फ ३२० र प्रदेशसभा तर्फ ४८२ गरी जम्मा ८०२ जनाको उम्मेदवारी दर्ता भएको आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्रले जनाएको छ ।

नयाँपत्रिकाबाट