रसुवागडी नाका ६ दिनका लागी बन्द

असोज ३१,काठमाडौँ –   १९ औं चिनिया नेशनल कंग्रेस सभा तथा चिनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउदै नेपाल र चिनबीच संचालनमा रहेको एक मात्र व्यापारिक नाका ६ दिनका लागि बन्द भएको छ । चिनिया पक्षले मंगलबारदेखि नाका बन्द गरेको हो । यो समाचार आजको नयाँ प्रत्रिकामा छापिएको छ ।
बुधबारदेखि चिनमा हुने कंग्रेस सभा तथा चिनको के ८१ र के ८७ भन्ने स्थानमा भारी वर्षा र ठुलो पहिरोका कारण असुरक्षित सडक रहेको हुदाँ बिस्पोटक पदार्थ प्रयोग गरि सडक बिस्तार गर्नुपर्ने भन्दै चिनिया समय अनुसार आज दिउसो १ बजेदेखि २२ अक्टोबर सम्मका लागि नाकामा आवतजावत बन्द गरिने भएको छ । नाका बन्द गरिएसँगै नेपाल तथा केरुङबाट हुने सम्पूर्ण आवतआवत ठप्प भएको छ । ’