तोकिएकै मितिमा निर्वाचन हुने प्रधानमन्त्रीको भनाई

 

असोज २७,काठमाडौँ – प्रमुख तीन दल संघ र प्रदेशको निर्वाचन निर्धारित मितिमै गर्न एकमत भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संयुक्त बैठकले आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन सोही मितिमै सम्पन्न गर्ने निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने तयारीमा सरकार रहेको भनी आएका समाचार निराधार रहको भन्दै कुनै हालतमा निर्वाचन सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बैठक पछि जानकारी दिए ।

अन्नपूर्णपोष्टबाट