गौचन हत्या अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन

असोज २४, काठमाडौं – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन चढेको बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी सोमबार दिउँसो खरिबोटतर्फ आउँदै थिए। त्यही बेलै उनीमाथि रिभल्वरबाट गोली प्रहार भयो। गोली लागेका उनी गाडीभित्रै ढलेका थिए। अर्धचेत भइसकेका उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो।

‘अगाडिको सिटलाई ताकेर ड्याङ-ड्याङ गोली चलेको देखियो’, घटनाका प्रत्यक्षदर्शीले भने, ‘रिभल्वरले गोली हान्ने ती व्यक्ति गुलाबी रंगको टिसर्ट लगाएका थिए।अगाडिको सिटलाई ताकेर ड्याङ-ड्याङ गोली चलेको देखियो’, घटनाका प्रत्यक्षदर्शीले भने, ‘रिभल्वरले गोली हान्ने ती व्यक्ति गुलाबी रंगको टिसर्ट लगाएका थिए।’

अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन
प्रहरी प्रधान कार्यालयले सोमबार दिउँसो भएको गौचन हत्या घटना छानवीन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। समितिमा विशेष व्युरोका एसएसपी शेरबहादुर बस्नेत, डिएसपी अजय केसी, अंगुर जिसी तथा प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी सदस्य छन्।